Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागलुङमा जिप दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–१ महभीरमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ५ गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग१ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिएका छन् ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077