Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ आउदै गरेको ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालक दुवैको मृत्यु

काठमाडौँ। धादिङको बेनीघाटमा ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रे बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेरलको मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयका अनुसार दुवैको ट्रकले थिचिएर मृत्यु भएको हो ।

दुर्घटनापछि खटिएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि गजुरी पठाएको प्रहरीले बताएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको निरीक्षक पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077