Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवको राजनीतिक भेटघाट तीब्र, गृहमन्त्रीपछि पूर्वसभामुख महरा

काठमाडौं । सरकारसँगको वार्तामा ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

शनिबारदेखि भेटघाटमा व्यस्त रहेका विप्लवले प्रचण्ड-पक्षीय नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

आइतबार बिहान विप्लवले महरालाई उनकै निवासमा पुगेर भेटेका हुन् । विप्लवसँगै केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।

शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा 'बादल'सँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077