Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा कसको ? आज फैसला हुँदै

काठमाडौं । आइतबार सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादको छिनोफानो हुँदैछ।

पछिल्लो समय नेकपा ऋषि कट्टेलको कि ? केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ? यो मुद्दामा बहस हुँदै आइरहेको थियो ।

विहीबार अदालतमा सार्वजनिक विदाका कारण हुन नसकेको नेकपा नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो ।

दुई वर्षअघि नेकपा अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि विहीबार निर्णय सुनुवाईको मिति तोकिएसँगै आज फैसला हुन लागेको हो ।

आज न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले निर्णय सुनाउनेछ ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077