Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन' भन्ने नेम्वाङको अभिव्यक्तिको सर्वाेच्चमा चर्चा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वाेच्च अदालतमा बहस जारी छ । बहस जारी रहेकै बेला सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न मिल्दैन भनेर गरेको टिप्पणीको चर्चा भएको छ ।

सोमबार अधिवक्ता दीनमणि पोखरेलले संविधानसभा अध्यक्ष नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय बहसको क्रममा पढेर सुनाएका हुन्।

स्मारिकाको अन्तर्वार्तामा नेम्वाङले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताएका थिए। अधिवक्ता पोखरेलले संविधानसभाको अध्यक्षको रूपमा नेम्वाङले अन्तर्वार्ता दिएको र त्यसले संविधानको मर्मलाई बुझाउने बताए।

बहसका क्रममा अधिवक्त पोखरेलले संविधानसभा अध्यक्ष स्वयंले संसद विघटनका सम्बन्धमा नयाँ संविधानमा विगतको भन्दा फरक व्यवस्था रहेको बताएकाले विगतको व्यवस्थाबारे चर्चा गर्न आवश्यक नरहेको बताएका छन्। गत वर्षमात्र पनि नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077