Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो, भोलि पनि सुनुवाइ हुने

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । आजबाट निरन्तर सुरुवाइ सुरु भएको संसद विघटन विरुद्धको मुद्दामा भोलि फेरी सुनुवाइ हुनेछ ।

आजको सुनवाइमा संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामो बहस गरेका थिए ।

दुवै जनाले प्रतिनिधि सभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए ।

इजलासबाट बारम्बार धारा ७६ (१) को प्रधानमन्त्रीले विघटन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा आएको थियो । सो क्रममा वरिष्ठ अधिवक्ता पोख्रेल र आचार्यले अहिलेको प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077