Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको स्वार्थमा बढुवा भएका एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

काठमाडौं। नेपाल प्रहरीले सरकारको स्वार्थमा भर्खरै बढुवा भएका एआईजी विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ ।

पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा डिआईजीसहित ३७ सदस्य रहेका छन् । तर, आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

पोखरेलको समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्ने वताइएको छ ।

निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ ।

गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएपछि  नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो । स्रोतका अनुसरा सरकारकै स्वार्थमा पोखरेललाई केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समितिको प्रमुख बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077