Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीले कतारमाथिको नाकाबन्दी हटाएकोमा नेपालद्वारा स्वागत

काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो ।

कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो ।

जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् ।

मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।

साढे तीन वर्ष अघि कतारका छिमेकीहरूले  आतंकवाद बढाएको आरोप लगाएपछि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएको थियो।

साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि  व्यापार, कूटनीति र यात्रा प्रतिबन्धहरूमा  कतारलाई ‘घेरा हाल्ने’ काम गरेका थिए ।

कतार एकदम सानो र धनी खाडी मुलुक हो, जसले जिहादी उग्रवादलाई बढावा दिने आरोपलाई सँधै अस्विकार गर्दछ। बीबीसीका संवाददाता फ्रान्क गार्डनरले कतारको प्रतिबन्ध केही महिनाको मध्यस्थता र लामो कूटनीतिपछि हटाएको बताएका छन्। कुवेतले यसमा ठूलो भूमिका खेलेको छ।

बीसौं शताब्दीका पचासौं दशकसम्म कतार त्यस्तो धनी देश थिएन। तर कतारमा गत पचास बर्षमा तेल र ग्यासको ठूला स्टकहरू भेटिए, जुन पछि यसको मूल्य परिवर्तन भयो। आजसम्म कतारसँग विश्वको सबैभन्दा ठूलो ग्यास सञ्चय छ। यो यसको समृद्धिको कुञ्जी हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077