एजेन्सी। साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले निर्वासनमा रहेका एक पूर्व गुप्तचर अधिकारीको हत्या गर्न घातक टोली पठाइएको आरोपलाई इन्कार गरेका छन्।
विबिसीका अनुसार आफुलाई क्यानाडामा हत्या गर्न खोजिएको भन्दै साद अल-जबारीले अमेरिकी अदालतमा मुद्दा दायर गरेका थिए । अल-जबारी साउदी छोडेर तीन बर्ष अघि भागेका थिए ।
मोहम्मद बिन सलमानले आफुलाई मार्न चाहेको सुचना पाएको उनले दाबी गरेका थिए।
साउदीका वास्तविक शासक मानिने ३५ वर्षीया मोहम्मद बिन सलमानले भने साद अल जबारीले आफ्नो अपराध लुकाउन खोजेको वताउने गरेका छन्।
सलमानले भनेका छन् , 'उनी एक देशका प्रमुख हुन्, यस्तो अवस्थामा अन्य कुनै देशमा मुद्दा चलाउन सकिदैन।'
अल-जबारीले सलमानलाई एलियन टोर्ट विधान र १९९१ को यातनाबाट पीडित संरक्षण ऐन अन्तर्गत आरोप लगाएका छन् । यी कानून अन्तर्गत अमेरिकामा बसोबास गर्ने विदेशी नागरिकहरूले मानवअधिकार उल्लनघनको आरोपमा अमेरिकी अदालतको ढोका ढकढक्याउन सक्छन।
सलमानका वकिलहरूले अल-जबारीको याचना नाटकले भरिएको तर्क पेश गरेका छन् ।
६१ वर्षीया अल-जबारीले साउदी अरब र बेलायतको एमआई-६ र विदेशी खुफिया एजेन्सीहरूबीच महत्वपूर्ण सम्बन्धको रूपमा काम गर्दै आएएका छन् ।
मोहम्मद बिन सलमानविरुद्ध कडा आरोप लगाइएको छ। १०६ पृष्ठको याचनासहितको निवेदन अगस्तमा वाशिंगटनको एक अदालतमा दायर गरिएको थियो। यसमा कथित भ्रष्टाचार र टाईगर स्क्वाड नामक घातक टोलीले निगरानी गरेको उल्लेख छ । जुन भाडामा काम गर्ने व्यक्तिको टोली हो।
सन २०१८ मा टर्कीको साउदी वाणिज्य दूतावासमा साउदी पत्रकार जमाल खाशोज्जीको हत्यामा उही टाइगर स्क्वॉडका व्यक्तिहरू संलग्न थिए।
अल-जबारीका अनुसार सन २०१७ मा उनी क्यानाडा भागेका थिए, पछि सलमानले उनलाई फर्काउन प्रयास गरे।
उनको आरोप छ, 'जमाल खाशोज्जीको हत्या भएको दुई हप्ता अघि टाइगर स्क्वाडका केही व्यक्ति क्यानाडा आएका थिए र उनलाई मार्ने योजना गरेका थिए।
यस टोलीसँग दुईवटा फोरेंसिक झोला थियो र टोलीमा रहेका एक जना व्यक्ति विभागका थिए ,जसलाई खाशोज्जीको लाश टुक्रा टुक्रा गरेको आरोप छ।
यद्यपि क्यानाडा सीमा सुरक्षामा संलग्न एजेन्टहरूले भने ती व्यक्तिहरुलाई देशमा प्रवेश गर्न नदिइएको वताएका थिए ।
अदालतमा दायर गरिएको कागजातमा सलमानले भनेका छन् , ' साद अल-जबारी आफ्नो अपराध लुकाउन चाहन्छन् । अल-जबारीले र उनका सहयोगीहरूले सरकारी पैसाबाट ११ अर्ब डलर डलर खर्च गरेका छन्।
'सलमान देशका सम्राटका छोरा हुन् र उनका उत्तराधिकारी हुन । साउदी राजा र उनी देशको सरकारको उच्च ओहदा मा छन्। उनको ओहदाका कारण उन्मुक्ति पाउनु पर्छ र अमेरिकी अदालतमा मुद्दा चलाउन सकिन्न।'
को हुन अल-जबारी ?
अल-जबारीलाई राजकुमार मोहम्मद बिन नाइफको दाहिने हात मानिन्थ्यो। सन् २००० को दशकमा अलकायदाले खडा गरेको संकट सामना गर्न प्रिन्स नाफेको भुमिका थियो ।
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डका गुप्तचर एजेन्सीहरूसँग साउदी अरबको सम्बन्धमा उनको महत्त्वपूर्ण भूमिका थियो।
अल-जबारी साउदी सरकारमा छोटो समयमा क्याबिनेट मन्त्री बन्न पुगे । गृह मन्त्रालयमा उनी मेजर जनरलको पदमा कार्यरत थिए। तर २०१५ मा शाह अब्दुल्लाको मृत्यु पछि सबै परिवर्तन भयो।
शाह अब्दुल्लाका सौतेनी भाई सलमानले सत्ता लिए र उनको छोरा मोहम्मद बिन सलमानलाई रक्षा मन्त्री बनाए।
२०१७ मा, आफ्नो बुबाको अनुमति लिएर, मोहम्मद बिन सलमानले शाही दरबारमा विद्रोह गरे। त्यसपछि राजगद्दीको उत्तराधिकारी राजकुमार मोहम्मद बिन नाइफको ठाउँमा राजकुमारसलमान भए।
शाह अब्दुल्लासँग काम गर्नेहरूलाई उनीहरूको पदबाट हटाइयो। यस बीच, अल-जबारी साउदीअरब बाट क्यानाडा भागे।