Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ३९ अंकले घट्यो नेप्से

    ३९ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । आज सेयर बजार परिसूचक (नेप्से) ३९.६ अंकले घटेको छ। २००६ अंकबाट सुरु भएको बजार क्रमशः घट्दै १९५५.७५ मा पुगेर रोकिएको छ। आज सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले घटेर ३७१.७१ मा पुगेको छ।

    घटेको बजारमा ४ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २०१ कम्पनीको १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भयो।



    बुधबार जलविद्युत् समूहको सूचक २२.८९ अंकले बढेको छ भने बाँकी सबै समूह ओरालो लागेका छन्। आज बैंकिङ समूह ३०.५९, व्यापार ९९.२६, होटल ५५.९४, विकास बैंक २२ अंकले घटेको छ। त्यस्तै फाइनान्स २.५८ निर्जिवन बिमा २२५.१३, बिमा २७०.४६, माइक्रोफाइनान्स ६९.८ अंकले ओरालो लागेको छ।



    बुधबार नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने अरुण भ्याली जलविद्युत्का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार