Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआईजी पोखरेललाई एआईजी बनाउन गृह मन्त्रालयमा बैठक

काठमाडौं । नेपाल प्रहरीमा दुई साता अघि दरबन्दी थपिएको एक एआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयमा बढुवा समितिको बैठक बसेको छ ।

स्राेतका अनुसार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक अहिले गृहमा जारी छ ।

प्रहरी मुख्यालय र गृह मन्त्रालयलाई समेत जानकारी नै नदिई मन्त्रीपरिषद्ले डिआईजी विश्वराज पोखरेललाई एआईजी बनाउन दुई साता अघि सिधै दरबन्दी थप गरेको थियो ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले आफन्त नाता पर्ने डिआईजी पोखरेललाई बढुवाका लागि मन्त्रीपरिषद्बाट सिधै दरबन्दी थप गराएका थिए ।

जवकी गृह सचिव नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम)ले पाँच जना डिआईजीको मात्र दरबन्दी थप गर्न सिफारिस गरेको थियो ।

ओएण्डएम समितिमा आईजीपी पनि सदस्य रहन्छन् । आफ्ना ब्याचीहरुलाई पछि पार्दै डिआईजीमा ‘सिंगल’ बढुवा भएका पोखरेल आईजीपी शैलेश थापा क्षेत्रीपछि प्रहरी प्रमुख हुने दाउमा छन् ।

पोखरेल अहिले एआईजी बने भने उनलाई आईजीपी बन्ने बाटो खुल्नेछ । बढुवा समितिले मन्त्रीपरिषद्मा नाम सिफारिस गरेपछि एआईजी बढुवा हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077