Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेपत्ता किशोर मृत भेटिए, हत्या आरोपमा ३ जना पक्राउ

सुनसरी । सुनसरीमा मंसिर १० गत बुधबारदेखि बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। दुहवी नगरपालिका-२ का १७ वर्षीय सुजन नारायण चौधरी मृत फेला परेका हुन् ।

उनको सोमबार बिहान ५ बजे सोही वडामा रहेको अरूण वनस्पती उद्योगको कम्पाउन्डमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनी हराएको भन्ने जाहेरी इलाका प्रहरी कार्यालय दुहवीमा ११ गते परेको थियो । घटना शंकास्पद भएपछि प्रहरीले २० वर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो ।

उनलाई प्रहरीले सोधपुछ गर्दा उनले हत्या गरेको बयान समेत दिएका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घनेन्द्र खजुमका अनुसार हत्या गर्नुको कारण खुलेको छैन ।

साथै, हत्या गरी शव घारीमा फालेको बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको हो । यसै घटनामा संलग्न भएको आशंकामा अन्य दुई जनालाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ।

मृतक चौधरीको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077