Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

काठमाडौं । म्याग्दीको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ज८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको हो भने जीपमा सवार अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । घटनामा परि बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा पठाइएको म्याग्दी प्रहरीले जनाएको छ ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077