Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल व्यवसायी प्रसाई मार्सी बियर उत्पादन गर्दै

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले मार्सी बियर उत्पादन गर्न लागेका छन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाई मार्सी ब्रान्डमै बियर उत्पादन गर्न लागेका हुन् ।

उनले भैरहवाको टाइगर बु्रअरीको बियर फ्याक्ट्री किनेर मार्सी ब्रान्डमा बियर उत्पादन गर्न लागेका हुन् ।

‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ,’ प्रसाईंले भने, ‘अन्तिम तयारी छ, बजारमा चाँडै आउँदैछन् दुई खाले बियर।’

उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन्। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077