काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ ।
मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविकाको नि:शुल्क बिमा क्षतिपूर्ति दिन सहमति दिएको हो ।
यस्तै सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको नि:शुल्क बिमा क्षतिपूर्ति पाउने भएका छन् ।
यो बिमा साउन १ गतेदेखि कोभिड महामारीको अवधिभर लागू हुनेछ ।
Leave a Reply