अन्तर्राष्ट्रिय हवाई उडान असोज १ गतेबाट खुला, ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य::Best Online News Portal of Nepal

अन्तर्राष्ट्रिय हवाई उडान असोज १ गतेबाट खुला, ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य

अन्तर्राष्ट्रिय हवाई उडान असोज १ गतेबाट खुला, ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य

अनलाइन नेपाल
  • मंगलवार, भदौ ३०, २०७७

  • 9.9K
    SHARES

  • अन्तर्राष्ट्रिय हवाई उडान असोज १ गतेबाट खुला, ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य

    काठमाडौं । सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले हवाई उडान सञ्चालनका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

    यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पीसीआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

    त्यसैगरी लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय भएको छ ।

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा पर्यटन मन्त्री ज्ञवालीले जानकारी दिए ।

    व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिन सक्ने सरकारले जनाएकाे छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार