अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय::Best Online News Portal of Nepal

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

अनलाइन नेपाल
  • मंगलवार, भदौ ३०, २०७७

  • 855
    SHARES

  • अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

    काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि भदौ ३० गते शुक्रवार सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरिएको थियो ।

    नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको उनले बताए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार