Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोडसेडिङ काण्डका नाइके मुकेश काफ्लेसँग अख्तियारको बयान

काठमाडौं। नुवाकोटको देवीघाटमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सोलार विद्युत् उत्पादन केन्द्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेसँग बयान लिएको छ ।

अख्तियार स्रोतले भनेको छ,‘सोलार प्लान्टको आवश्यकता र औचित्य किन थियो तथा कसरी ठेक्का लगाइयो भन्ने विषयबाट बयान लिन सुरु गरिएको छ । प्राधिकरणका पूर्वएमडी काफ्लेको लिखित बयान अझै केही दिन चल्नेछ । त्यसपछि मात्र ठेकेदार परिवर्तनको विषय प्रवेश गर्छ ।

ठेकेदारको विषयमा काफ्लेको बयानसँग जोडेर निवर्तमान एमडी कुलमान घिसिङलगायतका प्राधिकरणका अधिकारीहरुसँग बयान हुनेछ ।’ स्रोतका अनुसार घिसिङले पनि अर्को साता बयानका लागि समय दिएका छन् ।

बयान लिने क्रममा अख्तियारका अनुसन्धान अधिकृतले पहिलो प्रश्न लेखेर दिने र त्यसपछि बयान दिनेले लिखित रुपमा उत्तर दिनुपर्ने भएको कारण एउटै प्रश्नको उत्तरको लागि घण्टौँ वा कयौं दिन पनि लाग्न सक्तछ ।

पहिलो प्रश्नको उत्तर सकिएपछि त्यही उत्तरलाई टेकेर फेरि सिलसिलेबद्ध उत्तर दिनुपर्ने हुन्छ । त्यही कारण सोलार प्रकरणमा प्राधिकरणका अधिकारीहरुको अख्तियारमा लामो बयान चल्ने देखिन्छ । बयान दिएको बारेमा काफ्लेले पनि घुमाउरो तरिकाले स्वीकार गरेका छन् ।

‘प्राधिकरणमा विभिन्न ठेक्का भइरहन्छन् । चित्त नबुझ्ने पक्षले उजुरी गर्छ । कतिपय विषयलाई टुंगोमा पु¥याउन अख्तियारले बुझ्ने काम गर्छ’, पूर्वएमडी काफ्लेले भने, ‘यो ऊ विषयभन्दा पनि एउटा काम परेर म बिहीबार छोटो समयका लागि अख्तियारभित्र पसेको थिएँ ।’ काफ्लले छोटो समयका लागि अख्तियार गएको भनेर तर्किन खोजे । (आर्थिक दैनिक)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077