Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक साढे ७ अङ्कले बढ्यो

काठमाण्डौ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार साढे सात अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार परिसूचक ७.५३ अङ्कले बढेर १४ सय ३९ .०६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि बुधबार र मङ्गलबार सेयर बजार ओरालो लागेको थियो ।

बिहीबार सबै समूहको उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ५५.४९ अङ्क र निर्जीवन बीमा ५० दशमलव ४६ अङ्कले बढेको हो । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरका ३४ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077