Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हत्या भएकाे ८ दिनपछि मुकेश चाैरसियाकाे अन्त्येष्टि

    हत्या भएकाे ८ दिनपछि मुकेश चाैरसियाकाे अन्त्येष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 4.3K
    SHARES

    पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ ।

    मृत्यु भएकाे आठ दिनपछि चौरसियाको शवलाई पोस्टमार्टम गरेर शतगत गरिएको हो । परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको उनकाे शवलाई पोस्टमार्टम गरिएकाे हाे ।



    नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए।



    गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार