Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मुकेशको लासमाथि राजनीति ! प्रचण्डले भन्दा पनि किन जाहेरी दर्ता गरिनन् एसपी पन्तले ?

    मुकेशको लासमाथि राजनीति ! प्रचण्डले भन्दा पनि किन जाहेरी दर्ता गरिनन् एसपी पन्तले ?

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 12.1K
    SHARES

    पर्सा । कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको घटनालाई लिएर नेकपाभित्र आरोप-प्रत्यारोपको राजनीति चलिरहेको छ।

    मुकेश चौरसिया सत्तारुढ नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव समेत हुन। उनको हत्यापछि दोशीलाई कारवाही गरेको भन्दै नेकपा प्रदेश नम्बर २ प्रहरीबिरुद्द आन्दोलनमा जुटेको छ ।



    जिल्ला प्रहरी कार्यालय पर्साले पीडित आफन्तजनले दिएको जाहेरी दर्ता नगरेपछि नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जाहेरी दर्ता गर्नका लागि  विज्ञप्ति नै निकालेका थिए।



    तर पनि पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले भने घटनामा कुनै संलग्नता नरहेका व्यक्तिहरुको नाम पनि जाहेरीमा लेखेर ल्याउँदा मुद्दा दर्ता गर्न नमिलेको वताउने गरेकी छन्।

    पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित पार्टीका ३७ केन्द्रीय सदस्यले मुकेशको हत्यामा संलग्न दोशीबिरुद्द जाहेरी दर्तासमेत नगरेर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गरेका छन् ।

    पर्सा प्रहरीले हालसम्म जाहेरी दर्ता नगर्दा वीरगञ्जमा दिनहूँ जाहेरी दर्ताका लागि प्रहरी विरुद्ध आन्दोलन हुदैँ आएको छ । छैठौँ दिन बित्दा पनि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको छ भने आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् ।

    ३७ जना केन्द्रिय सदस्यले संयूक्तरुपमा जारी गरिएको विज्ञप्तिमा पीडित निवेदकको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही होस्, मृतकलाई सहिद घोषणा गरियोस्, मृतक परिवारलाई राहत, घाइतेहरुको निःशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गर्नका लागि सो जारी विज्ञप्तिमा उल्लेख छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट जाहेरी दर्ताका लागि अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको नाम हटाउ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यता मुकेश हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरिरहेको पूर्वमन्त्री तथा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादवले आरोप लगाएका छन् ।

    शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्ताे आरोप लगाएका थिए । उनले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका थिए ।

    झडपमा संलग्न रहेको आरोपमा प्रहरीले  संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्तासहित ८ जनालाई उनको घरबाट नियन्त्रणमा लिएको थियो । घट्ना गुप्ताको निर्देशनमा भएको पूर्व माओवादी पक्षको आरोप छ । प्रहरीले गुप्तालगायतलाई दिउँसो पक्राउ गरेपनि ५ जनालाई केहि घण्टाभित्रै सोधपुछ गरी छाडेको थियो । अन्य अहिलेपनि हिरासतमा छन् ।

    शुक्रबार मुकेशको मृत्यु लगतै उनका भाई महेश चौरसीया घटनामा संलग्न ११ जना विरुद्ध किटानी जाहेरी निवेदन लिएर मुद्दा दर्ता गराउने जिल्ला प्रहरी कार्यालय पर्सा पुगे । तर त्यहाँ उनको निवेदन दर्ता भएन ।

    घटनास्थलमा अनुपस्थित व्यक्तिको नामसमेत जाहेरीमा राखिएको कारण प्रहरीले निवेदन दर्ता नगरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले वताउने गरेकी छन् । पन्तले राजकुमार गुप्ताको नाम हटाएर अर्को जाहेरी ल्याउँन भनेर फर्काएको पीडितका आफन्तले आरोप लगाएका छन् ।

    ‘राजकुमार गुप्ताकै योजना दाईको हत्या भएको हो । गुप्ता नै घटनाको मुख्य योजनकार हुन् । दाईको हत्या गर्नेहरुलाई गुप्ताले आफ्नो घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो,’भाई महेशले भने, ‘यो भन्दा धेरै प्रहरीलाई के प्रमाण चाहियो? राजकुमार गुप्ताले दाईलाई पहिलापनि दु:ख दिने काम गरेका थिए ।उनको नाम हटाएर जाहेरी दर्ता गर्नुको कुनै मतलब नै छैन ।’

    मुकेश हत्याका मुख्य योजनाकार भनेर पुर्व माओवादी पक्षले आरोप लगाएका संविधानसभाका पूर्वसदस्य एवम् नेकपा पर्साका सदस्य राजकुमार गुप्ता प्रधानमन्त्री ओली निकट मानिन्छन् । पर्सामा उनलाई ओलीको बिम्बका रुपमा चिनिन्छ ।

    गृहमन्त्रीदेखि नेकपाका अध्यक्ष प्रचण्डले समेत फोन गरेर प्रहरीलाई मुद्दा दर्ता गर्न आग्रह गरेपनि गुप्ता विरुद्ध मुद्दा दर्ता नगर्न प्रधानमन्त्री ओलीको ठाडो निर्देशनका कारण प्रहरीले जाहेरी दर्ता नगरेको पिडित पक्षका नेताहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार