Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रभु साहले भने-मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुन्छ

    प्रभु साहले भने-मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.5K
    SHARES

    रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुने बताएका छन्।

    रौतहटको गुजरा नगरपालिका अन्तरगत जंगलसैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश चौरसियाको वास्तविक हत्यारालाई कसैले बचाउन नसक्ने बताए।



    पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताउँदै अध्यक्ष साहले कुनै पनि हालतमा अपराधी बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताएका छन । पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिएपनि जबरजस्ती कार्यक्रम गरेकोमा अध्यक्ष साहले दुःख व्यक्त गरे ।



    गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार