Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • मुकेश चौरसिया हत्या प्रकरण : २ जना पूर्पक्षका लागि थुनामा, २ जना धराैटीमा छुटे

    मुकेश चौरसिया हत्या प्रकरण : २ जना पूर्पक्षका लागि थुनामा, २ जना धराैटीमा छुटे

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.6K
    SHARES

    वीरगञ्ज । जिल्ला अदालत पर्साले मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ।

    नेपाल कम्युिनस्ट पार्टी (नेकपा) का कार्यकर्ता चौरसियाको हत्या अभियाेगमा पक्राउ परेका ५ जनामध्ये अन्य दुई जनालाई भने अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एक जना नाबालक भने साधारण तारेखमा रिहा गर्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको अदालतका श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए ।



    पर्सा जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले अखिलेश भनिने अशेसर प्रसाद चौरसिया र उत्तम भनिने निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे हाे ।



    हनिफ मियाँ र देवा सहनीसँग २/२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । बुधबार नै धरौटी बुझाएर उनीहरु रिहा भइसकेका छन् । कात्तिक ६ गते विन्दबासिनी गाउँ कमिटिको सपथ ग्रण समारोहमा दुई पक्षबीच झडप हुँदा मुकेश गम्भिर घाइते भएका थिए ।

    त्यसको भोलिपल्ट उपचारको क्रममा मुकेशको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई पक्षबाट १ बालक सहित २८ जना विरुद्ध मुद्धा दर्ता गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार