चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना (कोभिड १९) संक्रमित एक जना पुरुषको आज बिहान निधन भएको छ ।
नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।
पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Leave a Reply