Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

    कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    चितवन। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ ।

    गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् ।



    उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।



    यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रोगको उपचार गराइरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार