Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चितवनमा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्‍यु

    चितवनमा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्‍यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.5K
    SHARES

    चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित बिरामीको मृत्‍यु भएको छ।

    चितवन मेडिकल कलेजका अनुसार नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।



    श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।



    उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार