सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगर रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्कास्पद रूपमा मोटरसाइकलमा सवार मगरलाई रोकेर खानतलासी गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले बरामद गाँजासहित मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।