Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी कर्मचारीको तलब वृद्धि, न्यूनतम ४० हजारदेखि १ लाखसम्म कायम हुने

सरकारी कर्मचारीको तलब वृद्धि, न्यूनतम ४० हजारदेखि १ लाखसम्म कायम हुने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब गरेको घोषणा गरेका हुन् ।

साउन १ गतेदेखि लागू हुने तलब सालखाल २१ प्रतिशले वृद्धि हुने भएको छ।

'कर्मचारीले हाल प्राप्त गरेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु् । यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुनेछ,' उनले भने ।

उनका अनुसार सरकारी कर्मचारीको तलब ग्रेडवृद्धिसहित न्यूनतम ४० हजारदेखि १ लाखसम्म बनाइने बताए ।

सरकारी कर्मचारीको तलब चार वर्षदेखि तलब वृद्धि भएको थिएन।



 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077