Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ, फरार समूहको खोजी जारी

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ, फरार समूहको खोजी जारी

मंगलवार , जेठ १२, २०८३

सर्लाही । सर्लाहीमा अवैध भरुवा बन्दुकसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा नगरपालिका–१२ लौकट टोलमा केही अपरिचित व्यक्तिहरू अवैध हतियारसहित हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको गस्ती टोलीले अभियान सञ्चालन गरेको थियो।

प्रहरी टोली पुग्नेबित्तिकै समूहका अन्य सदस्यहरू फरार भए पनि घेरा हालेर गरिएको कारबाहीका क्रममा घलानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका घलानको साथबाट फलामको रड, कालो धुलो पदार्थ (३५ ग्राम र १४० ग्राम), साइकलमा प्रयोग हुने फलामका बलहरू ८० थान तथा फलामका रडका टुक्राहरू ५ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीको प्रकृति र हतियारको प्रयोगबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका घलानलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077