Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदरावादसँग आरसीबी ५५ रनले पराजित

आईपीएलमा हैदरावादसँग आरसीबी ५५ रनले पराजित

शनिवार , जेठ ९, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) लाई पराजित गरेको छ ।

हैदरावादमा हिजो भएको खेलमा हैदरावाद ५५ रनले विजयी भयो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो ।

हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए । 

२५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो । आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ रनरेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे पञ्जाव किङ्गस र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077