Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रामक समाचारविरुद्ध कानुनी कदम: पूर्वगृहमन्त्री सुधन गुरुङले दिए प्रेस काउन्सिलमा उजुरी

भ्रामक समाचारविरुद्ध कानुनी कदम: पूर्वगृहमन्त्री सुधन गुरुङले दिए प्रेस काउन्सिलमा उजुरी

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । 

आफूविरुद्ध विभिन्न मिडियाहरुले अनावश्यक रुपमा भ्रम सिर्जना गरेको भन्दै गुरुङले शुक्रबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

केही दिनअघि ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ समाचार प्रकाशन भएको थियो । त्यसबारे उनीमाथि प्रश्न उठे पनि त्यसको खण्डन गर्दै कारबाहीको मागसहित उजुरी दिएका हुन् ।

उक्त समाचार लेख्ने सञ्चारकर्मीविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन् ।

उनले आफू पारिवारिक भ्रमणमा गएको घटनालाई गलत तरिकाले प्रस्तुत गरी पीत पत्रकारिता गरिएको आरोप समेत लगाएका छन्।

उनले दोषीमाथि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीको माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077