Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने - अब देशले नयाँ दिशा लिनेछ

ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने - अब देशले नयाँ दिशा लिनेछ

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य दिँदै गृहमन्त्री गुरुङले आज बिहानै दुवै उच्च राजनीतिक व्यक्तित्वलाई नियन्त्रणमा लिइएको बताएका हुन्।

उनले स्पष्ट रूपमा “कानुनभन्दा माथि कोही नभएको” उल्लेख गर्दै यो कदम कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने अभियान भएको दाबी गरेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।'

गुरुङले यस कदमले देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077