Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग जोडिएको शेयर प्रकरण तथा सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने रहनेछन्।

सरकारका अनुसार गुरुङ गृहमन्त्री हुँदा र त्यसपछि उठेका विभिन्न सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा आवश्यक छानबिन गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

व्यवसायी दीपक भट्टसँग सम्बन्धित दुई लघुवित्त कम्पनीको सेयर विवादसँग जोडिएपछि गुरुङले यसअघि पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077