Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई एमाले सांसदको चेतावनी- बाँदरको समस्या ७ दिन भित्र समाधान नभए सदन अवरुद्ध हुन्छ

सरकारलाई एमाले सांसदको चेतावनी- बाँदरको समस्या ७ दिन भित्र समाधान नभए सदन अवरुद्ध हुन्छ

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सांसद राजेन्द्र राईले सरकारले ७ दिनभित्र बाँदर आतंक नियन्त्रण नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

बिहीबार संसद् बैठकमा बोल्दै बाँदर आतंकले गाउँमा नागरिक बस्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले उक्त् आतंक नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।

उनले भने- 'आज धनकुटा नगरपालिका-९ की सुनिता राईले मलाई फोन गरेर घरको बार्दलीमा सुकाएका बच्चाको लुगासमेत बाँदरले लगेको, भात खान पनि नदिएको गुनासो गर्नुभयो । उहाँलाई मैले कुनै जवाफ दिन सकिनँ। बाँदर आतंकको विषयमा सरकार गम्भीर बनोस्। सरकारले ७ दिनभित्र बाँदर आतंक नियन्त्रण गरोस् । नगरे सदन अवरुद्ध हुन्छ ।'

सांसद राईले बाँदरकै कारण नागरिकले गाउँबस्ती समेत छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए। 

उनले थप भने- 'बाँदरले बसाइँ उठाइसक्यो। जनताको लागि ठूलो समस्या बन्यो बाँदर ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077