काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ ।
इडेन गार्डेन्समा हिजो मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।