Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मृगौला प्रत्यारोपण गराएका शेर्पाले पुर्‍याए सगरमाथाको चुचुरोमा मेस्सीको तस्वीर

मृगौला प्रत्यारोपण गराएका शेर्पाले पुर्‍याए सगरमाथाको चुचुरोमा मेस्सीको तस्वीर

आइतवार , जेठ ३, २०८३

काठमाडौं । सगरमाथा आरोही पेम्बा शेर्पाले विश्वका चर्चित फुटबलर मेस्सीको तस्वीर सगरमाथाको शिखरमा पुर्‍याएका छन् ।

मिर्गौला प्रत्यारोपण गराएका ३८ वर्षीय शेर्पा २०८२ वैशाख ३० गते सगरमाथा चढ्न सफल भएका थिए । उनी मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोण गर्ने पहिलो व्यक्ति समेत बनेका छन् ।

सोही समय उनले विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी मेस्सीको तस्वीर विश्वको सर्वोच्च शिखरमा पुर्‍याएका हुन्। 

विश्वकप २०२६ नजिकै आइरहेको र मेस्सी पनि सो प्रतियोगिता खेल्ने तयारीमा रहेका बेला तस्वीर सार्वजनिक गरिएको शेर्पाले बताए । सगरमाथामा मेसीको तस्बिर पुर्‍याउने आफू पहिलो व्यक्ति भएको उनको दावी छ ।

उपाधिनजिकै पुगेर कयौं पटक हार खाँदा पनि धैर्य गरी अघि बढ्ने मेस्सीको साहसबाट आफूले समेत जीवनमा धेरै प्रेरणा लिएको शेर्पा बताउँछन् । 

शेर्पा भन्छन्–‘दुवै मिर्गौला फेल भएर डायलासिसको भरमा बाँचिरहँदा मैले पनि पटक–पटक जीवनदेखि हरेश खाएँ । तर मिर्गौला प्रत्यारोपणपछि दोस्रो जीवन पाएँ र स्वस्थ भएर सगरमाथा चुचुरोसम्म पुग्न सफल भएँ ।’

मृगौला प्रत्यारोपण गरेका कारण मेस्सीले अघिल्लो सिजनको वल्र्ड कपको ट्रफि उचाल्दा ओच्छ्यानमै रहेका शेर्पा अहिलेको विश्वक शुरु हुनु एक महिना अघि सगरमाथाको चुचुरोमा पुगेका हुन् । 

पटक–पटक हारेर पनि जीतिरहेका मेस्सीकै प्रेरणाले आफू सगरमाथा चढेको बताउँदै शेर्पा भन्छन्–‘मैले सोचें– वर्षौंसम्म धैर्यता गरेर मेसीले विश्वकप जित्न सक्छन् भने, मैले किन हिमाल चढ्न नसक्ने ? त्यो हौसलासहित शरीरमा बुबाले दिएको मिर्गौला र हातमा मेस्सीको फोटो भएको ब्यानर बोकेर सगरमाथाको चुचुरोमा पुगें ।’

मेस्सीले विश्वकप ट्रफी चुम्दै गरेको तस्वीर उनले सगरमाथाको शिखरमा पुर्‍याएका थिए ।

मेस्सीलाई भेटेरै सगरमाथामा पुर्‍याएको उक्त ब्यानर उपहार दिने इच्छा रहेको शेर्पाले सुनाए । उनले भने–‘मेरो एउटा चाहना छ, मेसीलाई प्रत्यक्ष भेटेर, आउँदो जन्मदिनको अवसरमा यो ऐतिहासिक ब्यानर उपहार स्वरूप हातमा सुम्पिने सोचमा छु ।’

सोलुखुम्बुको दूधकोशी गाउँपालिका स्थायी घर भएका शेर्पाको २०७६ सालमा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।

२०७९ कार्तिक २ गते भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसको साढे २ वर्षपछि उनी सगरमाथा आरोहण गर्न सफल भएका हुन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077