Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिओनल मेस्सीले पीएसजीसँगको सम्झौता अवधि लम्ब्याउन सक्ने

एजेन्सी । अर्जेन्टिनालाई विश्वकप जिताएका लिओनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले सम्झौता अवधि लम्ब्याउने अपेक्षा गरेको छ ।

सन् २०२३ को जुन ३० मा पीएसजीसँग मेसीको सम्झौता सकिँदैछ । त्यसैले उनलाई क्लबमै राखिरहनका लागि व्यवस्थापन पक्षले कोशिश बढाएको छ ।

मेस्सीले विश्वकप जितेको हेर्नका लागि पीएसजीका अध्यक्ष नासेर अली–खिलाफी लुसेल स्टेडियम पुगेका थिए ।

मेसीलाई बधाई दिने क्रममा अली–खिलाफीले उनको भविष्यका विषयमा कुरा गर्ने एक बैठकमा उपस्थित हुन अनुरोध गरेको बुझिएको छ ।

विश्वकप जित्नुअघि नै मेसीले आफ्नो नम्र व्यवहार तथा प्रतिबद्धताका साथ पीएसजी व्यवस्थापनलाई प्रभावित पारिसकेका थिए । पीएसजीले लिओनल मेस्सी र किलियन एम्बाप्पे आफ्नो क्लबबाट खेलिरहून् भनी अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077