Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलए ग्यालेक्सीमाथि इन्टर मियामीको शानदार जित

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा साविक विजेता लस एन्जल (एलए)ग्यालेक्सीमाथि शानदार जित हासिल गरेको छ ।

लिओनल मेस्सीको अर्को उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीमाथि शानदार जित निकालेको हो ।

खेलमा मेसीले दुई असिस्ट गरे । सोमबार बिहान बीएमओ स्टेडियममा भएको खेलमा इन्टर मियामीले घरेलु टोली एलए ग्यालेक्सीलाई उसैको मैदानमा ३(१ ले पराजित गरेको हो ।

खेलको १४औं मिनेटमा फकुन्डो फारिएसले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा जोर्दी अल्वाले मेसीको पासमा गोल गर्दै इन्टर मियाकीको अग्रता दोब्बर पारे ।

मेसीकै पासमा लुकास काम्पनाले ८३औं मिनेटमा इन्टर मियामीका लागि तेस्रो गोल गरे । साविक विजेता एलए ग्यालेक्सीका लागि राएन होलिङशेडले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

मेसीको आगमनपछि नै अपराजित इन्टर मियामीले २५ खेलबाट २५ अंक जोड्दै इस्टर्न कन्फेरेन्सको १४औं स्थानमा छ भने समग्रमा अंकतालिकामा २९ टिममध्ये २७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077