Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप खेल्दा मेस्सी बसेको कोठालाई म्युजियम बनाइने

एजेन्सी । कतार विश्वकप खेल्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बसेको कोठालाई म्युजियम बनाइने भएको छ।

दोहास्थित कतार युनिभर्सिटीले मेस्सी बसेको कोठालाई मिनि म्युजियम बनाउने भएको हो । अर्जेन्टिनी टोली युनिभर्सिटीमा बसेको थियो।

अर्जेन्टिनी टोलीले उक्त विश्वविद्यालयकै मैदानलाई नियमित प्रशिक्षणका लागि प्रयोग गरेको थियो। एक साताअघि सम्पन्न विश्वकपमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गरि अर्जेन्टिना विश्व विजेता बनेको थियो।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको थियो भने ३५ वर्षीय मेस्सीले विश्व विजेता सपना पुरा गरेका थिए।मेस्सी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077