काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुक्रबार १४९ जना डीएसपीहरूको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् ।
सरुवासँगै देशभरका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी वृत्तहरूमा नयाँ नेतृत्व पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ भने इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे तथा इलाका प्रहरी कार्यालय बर्दिबासमा गुरु प्रसाद तिम्सिनालाई सरुवा गरिएको छ ।
जुम्लामा चिरञ्जीवी दाहाल, सल्यानमा दीपक पातली, प्रहरी वृत्त थानकोटमा दीपककुमार केसी र प्रहरी वृत्त कालिमाटीमा नरेश कुमार सिंहलाई पठाइएको छ ।
सोलुखुम्बुमा नविनराज बुढाथोकी, प्रहरी वृत्त थिमीमा निशान थापा, रोल्पामा पञ्चकुमार बाखु तथा सिरहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा पुरुषोत्तमप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जामा प्रताप पौडेल तथा जाजरकोटमा बुद्धिसागर पुरीलाई सरुवा गरिएको छ ।
डीएसपी राकेश थापालाई इलाका प्रहरी कार्यालय बनेपा, राजबाबु महर्जनलाई ओखलढुंगा र राजन कार्कीलाई म्याग्दी पठाइएको छ ।
त्यसैगरी मुस्ताङमा रामचन्द्र तिवारी, प्रहरी वृत्त सातदोबाटोमा वकिलबहादुर सिंह, बाजुरामा शैलेश्वरी बोहरा, दैलेखमा श्रवणकुमार बिक तथा रामेछापमा सन्तुलालप्रसाद जैसवारलाई सरुवा गरिएको छ ।
यस्तै झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा सन्तोष पाठक तथा इलाका प्रहरी कार्यालय दमकमा हरिबहादुर बस्नेतलाई पठाइएको छ ।