Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो

आईपीएलमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो ।

पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । 

पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अङ्क तालिकामा पञ्जाव ११ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै दिल्ली १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077