Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको छ ।

शनिबार राति जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो ।

गुजरातको जीतमा कप्तान शुभमन गिलको ८४ रन तथा राशिद खान र जोशन होल्डरको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो । 

राशिदले ४ र होल्डरले ३ विकेट लिए । जीतसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स पाँचौँ स्थानमा छ । गुजरातको ११ खेलमा १४ अङ्क र राजस्थानको समान खेलमा १२ अङ्क छ । 

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्टस् तथा बेलुकी पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सले खेल्दैछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077