Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

बुधवार , बैशाख २३, २०८३

मकवानपुर । बागमती प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

उक्त दिन प्रदेशभर सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077