Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोली शनिबार सार्वजनिक विदा

भोली शनिबार सार्वजनिक विदा

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । सरकारले चैत ७ गते शनिबार अर्थात भोलि सार्वजनिक विदा दिएको छ । 

गृह मन्त्रालयले शनिबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) को अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।

२०८१ फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इदका दिन सार्वजनिक विदा दिने व्यवस्था भएको सूचनामा उल्लेख छ । गृह मन्त्रालयले इदको उपलक्ष्यमा देश–विदेशमा रहेका इस्लाम धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीवहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेको हस्ताक्षर रहेको सूचनामा भनिएको छ–‘मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद(ईद-उल-फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएकोमा मुस्लिम आयोगबाट प्राप्त पत्र बमोजिम मिति २०८२ साल चैत्र ७ गते शनिबारका दिन ईद (ईद-उल-फित्र) परेको व्यहोरा जानकारी हुन आएको हुँदा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्वीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मन्त्रालय हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

 

kkk.png

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077