Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवसायीहरुलाई रवि लामिछानेले भने- निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन, त्रसित नहुनू

व्यवसायीहरुलाई रवि लामिछानेले भने- निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन, त्रसित नहुनू

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रका  व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गरेका छन्।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई धराशायी बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने रहेकोले त्रसित नहुन आग्रह गरेका हुन् ।

उनले भने- 'तपाईंहरूमा अलिकति त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि हो । कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने सरकारको उद्देश्य छैन ।'

लामिछानेका अनुसार सरकार उद्योगी व्यवसायीसँग सहकार्यकै आधारमा अघि बढ्न चाहन्छ। तर आर्थिक प्रणालीलाई कमजोर बनाउने, अपारदर्शी वा अवैध प्रकृतिका गतिविधिमा राज्यले प्रभावकारी निगरानी र आवश्यक कारबाही गर्ने नीति अपनाउने बताए।

यसैगरी विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको बताउँदै उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरेका छन्। 

साथै सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनताका सार्वजनिक गरिएको वाचा पत्रअनुसार सञ्चालन भइरहेको दाबी गरे। जनताले सोही प्रतिबद्धताको आधारमा मत दिएको उल्लेख गर्दै उनले घोषित नीतिभन्दा बाहिर नजाने बताएका छन्।

पछिल्ला समय विभिन्न उद्योगी व्यवसायीहरु कानुनी कारबाहीमा परेका घटनाले त्रसित बनेका निजी क्षेत्रसँग सभापति लामिछानेले छलफलका लागि बोलाएका हुन। 

छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थामा आबद्ध व्यवसायीहरू सहभागि छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077