Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऐलानी जग्गामा बालेनका विश्वासपात्र केपी खनालको तीनतले घर !

ऐलानी जग्गामा बालेनका विश्वासपात्र केपी खनालको तीनतले घर !

आइतवार , बैशाख २०, २०८३

कैलाली । सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना हटाउने अभियान चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै दलका सांसद केपी खनालको घर ऐलानी (सार्वजनिक) जग्गामा बनेको खुलेको छ ।

बालेनका विश्वास पात्रसमेत रहेका सांसद खनालको घर ऐलानी जग्गामा बनेको र त्यसको लालपूर्जा तथा नक्सापाससमेत नभएको तथ्य सार्वजनिक भएको हो ।

कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन उक्त घर न त कानुनी रूपमा दर्ता भएको छ, न त नगरपालिकाबाट नक्सा पास गरिएको छ ।

सरकारले यस्ता अवैध संरचनामाथि डोजर चलाइरहँदा आफ्नै पार्टीका सांसदको घर पनि सोही श्रेणीमा पर्नु विडम्बनापूर्ण देखिएको छ ।

यता सांसद खनालको सचिवालयले पनि घर ऐलानी जग्गामा रहेको स्वीकार गरेको छ । तर घर अतिक्रमण गरेर नबनाइएको दाबी गरिएको छ ।

सांसद खनालका बुबाआमाले भारतमा कमाएको पैसाले घर बनाएको सचिवालयको भनाइ छ । निर्वाचनताका खनालले आफूलाई ‘लालपूर्जा नभएको सुकुम्बासीको छोरा’ भन्दै मत मागेका थिए।

भूमिहीनको मुद्दा उठाएर जनसमर्थन जुटाएका उनी अहिले आफैं मापदण्ड विपरीत घर निर्माण गरेको खुलासा भएको छ।

लम्कीचुहा नगरपालिकाका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबास क्षेत्र हो, जहाँ लालपूर्जा वितरण प्रक्रिया अगाडि बढे पनि हालसम्म जारी भएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077