Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

आईपीएलमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको छ ।

सुरुआती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रियान रिकल्टनले नटआउट १२३ रनको शतकीय पारी खेलेका थिए । विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे ।

हैदरावादका लागि प्रफुल हिंगेले २ विकेट लिँदा इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले १ विकेट लिए ।

हैदरावादका लागि ट्राभिस हेडले ७६ र हेनरिक क्लासेनले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले । अभिषेक शर्माले ४५, नितिश कुमार रेड्डीले बनाउँदा सलिल अरोराले नटआउट रहँदै ३० रन जोडे ।

मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १/१ विकेट लिए । हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077