Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जसको प्रभावले देशभरकै मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षाको सम्भावना छ । रहेको जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति देखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा बाक्लो बादल लागेको थियो भने तराईका क्षेत्रमा समेत सामान्य बदलीको अवस्था रहेको थियो । 

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको छ। यस्तै, केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्को भनाइ छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने देखिन्छ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू(भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077