Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारोबारसंगै घट्यो नेप्से

कारोबारसंगै घट्यो नेप्से

बुधवार , बैशाख १६, २०८३

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८१ अंकले घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा ०।९३ प्रतिशतले घटेको नेप्से २७४४.४५ विन्दुमा अडिएको हो। 

नेप्सेमा बुधबार ३५१ कम्पनीको एक लाख चार हजार पाँचपटकको कारोबारमा एक करोड १२ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ९८ करोड ६३ लाख तीन हजार ३१३ रुपैयाँको कारोबार भयो। मंगलबार ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँको कारोबार भएको थियो।

आज ३० कम्पनीका मात्र सेयरमूल्य बढे। २३५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा तीन समूहका उपसूचक मात्र बढे भने बाँकी १० समूहका उपसूचक घटे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.७६ प्रतिशतले घट्दा विकास बैंक समूहको सूचक ०.१४ प्रतिशतले बढ्यो। यस्तै फाइनान्स ०.६४‚ होटेल तथा पर्यटन १.६४‚ जलविद्युत् १.४५‚ लगानी ०.६६‚ जीवन बिमा ०.८४‚ उत्पादन तथा प्रशोधन २.२४ र लघुवित्त ०.५४ प्रतिशतले ओरालो लागे। यसैगरी म्युचुअल फन्ड ०.०१ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा १.११ र अन्य समूहको उपसूचक ०.९२ प्रतिशतले घट्यो। आजको दिनमा व्यापार समूहको उपसूचक भने १.०९ प्रतिशतले बढ्यो।

नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले १३.८१ प्रतिशतले आम्दानी गरे। यसैगरी केबीएल डिबेन्चर-२०९० का लगानीकर्ताले ११.४६ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको २४ करोड १९ लाख ६३ हजार ११७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। बुधबार यसको ११ लाख ४९ हजार ७९८ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १३.०५ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077