Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा पञ्जावको पहिलो हार, राजस्थान ६ विकेटले विजयी

आईपीएलमा पञ्जावको पहिलो हार, राजस्थान ६ विकेटले विजयी

बुधवार , बैशाख १६, २०८३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । २२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

राजस्थानको जीतमा डोनोभन फेरेइराको अविजित ५२ रन र यशस्वी जैसवालको ५१ रनको योगदान महत्त्वपूर्ण रह्यो । शीर्षस्थानमा रहेको पञ्जाब किंग्सको यो सिजनको पहिलो हार हो ।

हिजो बेलुका न्यु चन्डीगढमा पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका मार्कस स्टोइनिसले ६२ रन र प्रभासिम्रन सिंहले ५९ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । 

जीतसँगै राजस्थान अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आईपीएलमा आज बेलुका पौने ८ बजे वानखेडेमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादले खेल्दैछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077